४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आज रोल्पामा जिल्ला बैठक

प्रकाशित मिति :  16 January, 2021 8:03 am


फाइल फोटो

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको रोल्ला जिल्ला बैठक आज बस्दै छ ।

बिहान ११ बजेदेखि लिवाङमा बस्ने बैठकका लागि केन्द्रीय सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक भूमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु कुमार दशौदी,शान्तकुमार ओली,बालाराम बुढालगायतले सम्बोधन गर्ने केन्द्रीय सदस्य इश्वरी जिएमले जानकारी दिइन् ।

बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल गरिने,जिल्ला तथा स्थानीय तहको पार्टी अवस्थाबारे जानकारी लिइने र रोल्पा जिल्लामा पार्टी गतिविधिलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा बैठकले रणनीतिक तय गर्ने केन्द्रीय सदस्य जिएमले बताईन् । बैठकले गाउँ अभियानको कार्यक्रमपनि तय गर्ने उनको भनाई थियो ।

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरिरहेका छन् ।

पार्टीको आधिकारिकताबारेको विवाद निर्वाचन आयोगमा विचाराधिन रहेपनि दुबै समूहले साविक पार्टीको नाम र चुनाव चिन्ह सूर्यको दाबी सहित केन्द्रदेखि स्थानीय तहसम्म कार्यक्रम गरिरहेका छन् ।

रोल्पामा प्रचण्ड-नेपाल समूहले विभिन्न कार्यक्रम सभाहरुका साथै पौष १४ गते जिल्ला कमिटिको बैठक बसि गाउँ अभियान जारी राखेको छ । ओली समूहले पनि पनि सुलिचौर, जुगार लगायतका स्थानमा कार्यक्रम गर्नुका साथै आज जिल्ला बैठकको आयोजना गरेको छ ।

स्थानीय तहका शिर्ष नेताहरु प्रष्ट खुलीसकेपनि रोल्पाका जिल्ला सदस्यहरु र तल्ला कमिटीका सदस्यहरु कुन समूहमा लाग्ने भन्नेबारे अझै खुल्न सकेका छैनन् । अभियान मार्फत नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुबै समूह लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !