४ आश्विन २०८१, शुक्रबार

माधव नेपाल र महरासहितका नेता दाङमा

प्रकाशित मिति :  16 January, 2021 10:11 am


दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसहितका नेता दाङ आइपुगेका छन् ।

तुलसीपुरमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपालसहित पूर्व सभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य वर्षमान पुन लगायतका नेता दाङ आइपुगेका हुन् ।

वृहत कार्यकर्ता भेला आज ११ बजेपछि सुरु हुँदैछ । तुलसीपुर उपमहानगरपालिका ९ दोघरेस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !