३ माघ २०८१, बिहिबार

हामी त प्रष्ट छौं आधिकारिकता पाउने हामीले नै हो : नेम्वाङ

प्रकाशित मिति :  16 January, 2021 3:08 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आफूहरुले नै पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।

प्रदेश १ का अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता नेम्वाङले विधि विधान,नियम कानुन सबै हिसाबले आफूहरु आधिकारिकता पाउने बताए ।

प्रचण्डले काठमाडौंमा आफू पक्षीय कार्यकर्ता बेलामा भनेको विषयमा टिप्पणी गर्दै नेम्वाङ भने, “हामी आँधीवेहेरी केही जान्दैनौं, हामी ल्याउँदापनि ल्याउँदैनौं, सबै विधि विधान,नियम कानुन बमोजिम हामीले आधिकारिकता पाउँछौं ।” नेकपा विभाजनपछि आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचराधिन छ ।

उनले प्रचण्ड-नेपाल समूहले सर्वोच्च अदालतलाई दबाव दिन खोजेको आरोप समेत लगाए । उनले पूर्वप्रधानमन्त्रीहरुले नै सर्वोच्च अदालत नजिकै गएर ‘हामी यहाँ छौं’ भन्नु उपयुक्त नभएको टिप्पणी गरे । नेम्वाङले भने, “सर्वोच्च अदालत आफै निर्णय गर्न सक्षम छ, वास्तवमा अदालतलाई सकारात्मक नकारात्मक दबाव दिन  हुँदैन ।”

नेता नेम्वाङले केपी ओलीलाई अस्वीकार गर्नुको कारण पनि अहिले देशले खोजिरहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? भन्दै प्रचण्ड-नेपाल समूहलाई प्रश्न समेत गरेका छन्।

ओलीले पार्टी महाधिवेशनबाट पद हस्तान्त्रण गर्न चाहेको तर अर्को पक्षबाट त्यस्तो गर्न नदिइएको भन्दै नेम्वाङले ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं बनेको कुरामा कटाक्ष गरे ।



प्रतिक्रिया दिनुहोस !