४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूह निर्वाचनमा जान डराएको प्रधानमन्त्री ओलीको आरोप

प्रकाशित मिति :  16 January, 2021 3:55 pm


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूह निर्वाचनमा जान डराएको आरोप लगाएका छन् ।

काठमाडौंमा प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको नाम जप्ने तर चुनावमा जान डराउने गरेको टिप्पणी गरे । उनले भने,”निर्वाचन सम्झिएपछि थरररर केही ! सपनमा पनि चुनाव देखेपछि ब्यूझन्छन् तिनीहरु ।”

जनतालाई दिएको दुःख, प्रताडना र ढाटेको कुरा सम्झेर जनताले सजाय दिन्छन् भन्ने लागेपछि प्रचण्ड नेपाल समूह चुनावमा जान डराएको आलीको टिप्पणी थियो । आफूलाई जोकर भनेको र जनता हसाएको भन्ने टिप्पणीप्रति पनि ओलीले कटाक्ष गरे । उनले भने, “नेपाली जनता हासेकोमा किन पिर परेको होला अचम्म । रुवाउन खोज्या थ्यौं सकेनौ,सक्दैनौ, रुवाउन दिइने छैन ।”

ओलीले लामा संघर्षपछि प्राप्त उपलब्धी गुम्न नदिने प्रतिबद्धता जनाए । उनले भने,”देश प्रतिगमनतर्फ फर्कन सक्दैन, देश अगाडी बढ्छ ।”

नेकपाभित्र भएको कपटपूर्ण तमासाले सरकारले काम गर्न गाह्रो भएको ओलीको भनाई थियो । उनले संवैधानिक इजलासमा भएका न्यायाधीसहरुले भेटेको विषयमा पनि खण्डन गरे । उनले सपना प्रधान मल्ललाई सार्वजनिक कार्यक्रममा देखेपनि अन्यय न्यायधीसलाई नचिनेको बताए ।

उनले भने, “यो भन्दा ठूलो झुट र बेइमानी के हुन्छ ? न्याय प्रणालीमाथी जनताको विश्वासमा झुट हाल्नका लागि यस्तो गरिएको हो । उहाँहरु यो कुराई प्रमाणि गर्नुहुन्छ । यसपटक मात्रै होईन साथै कहिले भेटेको छैन ।”



प्रतिक्रिया दिनुहोस !