४ आश्विन २०८१, शुक्रबार

सडक संघर्ष सशक्त बनाउनुको बिकल्प छैनः पूर्वसभामुख महरा

प्रकाशित मिति :  16 January, 2021 4:35 pm


दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सडकमा जानुको विकल्प नभएको बताएका छन् । दाङको तुलसीपुरमा भएको प्रचण्ड नेपाल पक्षको बृहत भेलालाई सम्बोधन गर्दै महराले प्रतिगमनको विरुद्धमा सडकमा जति सशक्त ढंगले उत्रियो जित उत्रि सुनिश्चि हुने बताए ।

उनले भने, “हामीले यो बुझ्नुपर्छ की जनताको शक्ति सडकमा संवैधानिक कुको विरुद्धमा , संसद भंगको विरुद्धमा जति सशक्त ढंगले अगाडी बढ्छ त्यति जीत सुनिश्चि हुन्छ ।”

उनले जनताको शक्तिलाई कहिल्यै पनि न्यूनिकरण गर्न नहुने बताए । उनले आफूहरुपनि बिग्रिएको टिप्पणी गरे । उनले भने,”जनताको शक्तिलाई न्यूनिकरण गर्ने हामीपनि अलि बिग्रेका थियौं जस्तो, हामीपनि सप्रिन जरुरी छ ।”

अहिले सबै राजनीतिक दल,बुद्धीजीवि,कानुन व्यवसायी, नागरिक समाज चौतफी विरोधमा उत्रिएका बेला जनताको बीचमा जान महराले कार्यकर्तालाई निर्देशन  दिए ।

 



प्रतिक्रिया दिनुहोस !