४ आश्विन २०८१, शुक्रबार

संविधान बचाउँ,चुनाव आज नभए भोलि होला : नेता पौडेल

प्रकाशित मिति :  16 January, 2021 4:51 pm


चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जानुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याएर मात्रै चुनावमा जानुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेसभित्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्चाएर मात्रै चुनावमा जानुपर्नेमा जोड दिँदै आएका छन् ।

संसद विघटनको विरोधमा चितवनको भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन पौडेलले भने,”संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला ।”

नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोधका कार्यक्रम गरेको छ । कार्यक्रमलाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् । केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको बताउँदै पौडेलले संसद पुनस्र्थापना हुँनैपर्नेमा जोड दिए ।

उनले न्यायापालिकामाथी आफ्नो विश्वास रहेको बताए । उनले संविधान पढेर फैसला गरिदिन न्यायाधीसलाई आग्रह गरे । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताए । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !