४ आश्विन २०८१, शुक्रबार

ओली समूहले रोल्पामा २ महिने बिशेष अभियान चलाउने, जिल्ला कमिटीमा ६१ जना थपिए

प्रकाशित मिति :  16 January, 2021 6:39 pm


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले राेल्पामा २ महिने अभियान सञ्चालन गर्ने भएको छ । सदरमुकाम लिबाङमा  बसेको जिल्लाको चाैथाे बैठकले वडा तहसम्म पुग्ने गरि कार्यक्रम तय गरेकाे हो ।

बालाराम बुढाकाे अध्यक्षता र नेकपा केन्द्रीय सदस्य गाेकुल घर्तिकाे प्रमुख तिथ्यता र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालकाे विशेष अातिथ्यतामा बसेकाे बैठकले पार्टीको जिल्ला कमिटिमा ६१ जनालाई थपेर कमिटी बिस्तार गरेकाे छ।

बैठकले पार्टी केन्द्र र प्रदेशकाे सर्कुलर अनुसार माघ र फागुनमा सक्नेगरि जिल्ला, गाउँपालिका र वडा तहमा पुग्ने गरि बिशेष अभियान सञ्चालन गर्न निमप्रसाद राेकाकाे संयाेजकत्वमा अभियान परिचालन कमिटी गठन गरेकाे छ ।

साथै अभियान सम्पन्न गर्नका लागि सुनिल स्मृति गाउँपालिकामा दिपक बिष्ट, रुन्टीगढी गाउँपालिकामा गाेपाल डाँगी, त्रिबेणी गाउँपालिकामा भुपालसिंङ डाँगी, अमृत बुढा र ठाकुर वली,गंगादेब गाउँपालिकामा पहलबहादुर बिकलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै राेल्पा नगरपालिकामा क्रान्ति आचार्य, कृष्णि गाैतम र दयाराम डाँगी, माडी र थबाङ गाउँपालिकामा कुमार दशाैदी, लुङ्ग्री गाउँपालिकाका किसन बिष्ट, सुनछहरि गाउँपालिकामा माेत बहादुर घर्ती र सूर्य घर्ती, परिवर्तन गाउँपालिकामा टेकेन्द्र राेका र लाेकेन्द्र घर्तीलाई अभियानमा संयाेजन गर्ने गरि जिम्मेवारी दिईएकाे छ।

त्यसैगरी अभियान सफल बनाउन राेल्पा निर्वाचन क्षेत्र नं. १ मा खिमचन्द्र पुन र क्षेत्र नं. २ मा प्रेम घर्तीलाई अभियानकाे संयाेजन गर्न जिम्मेवारी दिईएकाे छ।

बैठकले यहि माघ १७ गते पार्टीका सबै जनवर्गीय संगठनहरुकाे बृहत् संयुक्त भेला सदरमुकाम लिबाङमा आयाेजना गर्ने निर्णय गरेको समेत केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिइन् । ली समूहले रोल्पामा २ महिने बिशेष अभियान चलाउने, जिल्ला कमिटीमा ६१ जना थपिए

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले राेल्पामा २ महिने अभियान सञ्चालन गर्ने भएको छ । सदरमुकाम लिबाङमा  बसेको जिल्लाको चाैथाे बैठकले वडा तहसम्म पुग्ने गरि कार्यक्रम तय गरेकाे हो ।

बालाराम बुढाकाे अध्यक्षता र नेकपा केन्द्रीय सदस्य गाेकुल घर्तिकाे प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालकाे विशेष आतिथ्यतामा बसेकाे बैठकले पार्टीको जिल्ला कमिटिमा ६१ जनालाई थपेर कमिटी बिस्तार गरेकाे छ।

बैठकले पार्टी केन्द्र र प्रदेशकाे सर्कुलर अनुसार माघ र फागुनमा सक्नेगरि जिल्ला, गाउँपालिका र वडा तहमा पुग्ने गरि बिशेष अभियान सञ्चालन गर्न निमप्रसाद राेकाकाे संयाेजकत्वमा अभियान परिचालन कमिटी गठन गरेकाे छ ।

साथै अभियान सम्पन्न गर्नका लागि सुनिल स्मृति गाउँपालिकामा दिपक बिष्ट, रुन्टीगढी गाउँपालिकामा गाेपाल डाँगी, त्रिबेणी गाउँपालिकामा भुपालसिंङ डाँगी, अमृत बुढा र ठाकुर वली,गंगादेब गाउँपालिकामा पहलबहादुर बिकलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै राेल्पा नगरपालिकामा क्रान्ति आचार्य, कृष्णि गाैतम र दयाराम डाँगी, माडी र थबाङ गाउँपालिकामा कुमार दशाैदी, लुङ्ग्री गाउँपालिकाका किसन बिष्ट, सुनछहरि गाउँपालिकामा माेत बहादुर घर्ती र सूर्य घर्ती, परिवर्तन गाउँपालिकामा टेकेन्द्र राेका र लाेकेन्द्र घर्तीलाई अभियानमा संयाेजन गर्ने गरि जिम्मेवारी दिईएकाे छ।

त्यसैगरी अभियान सफल बनाउन राेल्पा निर्वाचन क्षेत्र नं. १ मा खिमचन्द्र पुन र क्षेत्र नं. २ मा प्रेम घर्तीलाई अभियानकाे संयाेजन गर्न जिम्मेवारी दिईएकाे छ।

बैठकले यहि माघ १७ गते पार्टीका सबै जनवर्गीय संगठनहरुकाे बृहत् संयुक्त भेला सदरमुकाम लिबाङमा आयाेजना गर्ने निर्णय गरेको समेत केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !