५ आश्विन २०८१, शनिबार

प्राधिकरणद्वारा जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक

प्रकाशित मिति :  18 January, 2021 12:26 pm


जुम्ला । नेपाल विद्युत प्राधिकरणले जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार अब हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ ।

लोडसेडिङको समुह क मा जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल छ भने समूह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्कलाई राखिएको छ । हरेक साता समूह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !