५ आश्विन २०८१, शनिबार

११ जिल्लामा बालपोषण अनुदान बिस्तार,लुम्बिनीमा ३ जिल्ला थपिए

प्रकाशित मिति :  18 January, 2021 1:07 pm


काठमाडौं । सरकारले ११ जिल्लामा बालपोषण अनुदान बिस्तार गरेको छ ।

अनुदान थप बिस्तार गरिएका जिल्लामा रुसुवा,धनुषा,दैलेख,सल्यान,बारा,बैतडी, रुकुम पूर्व,रुकुम पश्चिम,रोल्पा,सप्तरी र कपिलवस्तु रहेका छन् । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ति जिल्लाका स्थानीय तहलाई पत्राचार गर्दै निर्णय कायान्वयन गर्न भनेको छ ।

मन्त्रिपरिषदको पुस १० गतेको बैठकले बालपोषण अनुदान विस्तार गर्ने निर्णय गरेको थियो । विभागले तेश्रो चौमासिक देखि बालपोषण भत्ता उपलब्ध गराउने गरि निवेदन माग गर्ने,नामावली संकलन गर्ने एमआइएस प्रणालीमा प्रविष्ट गर्ने र भत्ता भुक्तानी गर्ने लगायतका कामह अगाडि बढाउन पत्राचार गरेको हो ।

पत्रमा विभागले स्थानीय पालिकाहरुलाई भनेको छ,“ पालिका क्षेत्र भित्रका पाँच वर्ष उमेर पुरा नगरेका बालबालिकाहरुलाई तेश्रो चौमासिक देखी बालपोषण भत्ता उपलब्ध गराउने गरी निवेदन माग गर्ने, नामावली संलकन गर्ने,एमआइएस प्रणालीमा प्रविष्टी गर्ने र भत्ता भुक्तानी गर्ने लगायतका कामहरु अगाडि बढाउनुहुन आदेशानुसार अनुरोध छ । ”



प्रतिक्रिया दिनुहोस !