४ आश्विन २०८१, शुक्रबार

प्रदेश-१ का मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने तीन सांसदको निर्णय

प्रकाशित मिति :  18 January, 2021 5:30 pm


काठमाडौं । प्रदेश -१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन् ।

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले संयुक्त रुपमा प्रदेश सभा सचिवालयलाई लेखेको पत्रमा भनेका छन्, “मा. शेरधन राई नेतृत्वको प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्य हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकार विरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं । तसर्थ उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यहोरा सामुहिक निवेदन मार्फत अनुरोध गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !