२४ भाद्र २०८१, सोमबार

कोभिड जोखिम न्यूनिकरणका लागि विद्यालयमा मास्क वितरण

प्रकाशित मिति :  19 January, 2021 1:59 pm


रुपन्देही ।  कोरोना भाइरसको जोखिमकै बिचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ ।

कपिलवस्तुका दक्षिणी क्षेत्रका विद्यालयहरुमा मास्क विरतण गरिएको छ । कोरोना जोखिमकैबीच विद्यालयहरु खुल्न थालेपछि गरिब, असहाय, दलित, मुस्लिम समुदायका विद्यार्थीहरुलाई मास्क बितरण सुरु गरिएको हो ।

अभियानकै क्रममा आज कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक विद्यालयमा लक्षित बालबालिकालाई ५ सय थान मास्क वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तार अहमद खां तथा प्रधानाध्यापक सुजाता सुवाल उपस्थितिमा मास्क वितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क विद्यालयमा हस्तान्तरण गरिएको  हो ।

जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा विद्यार्थीहरुलाई स्वास्थ्यको संकट हुन सक्ने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले वितरणमा कोभिड नियन्त्रण सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले जानकारी दिए । उनले विद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री वितरण गरिने अभियान जारी रहने समेत जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खांले विद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस !