३ आश्विन २०८१, बिहिबार

धनुषामा बम विस्फोट, दुईको मृत्यु, प्रहरी निरीक्षक सहित ४ जना गम्भीर घाइते

प्रकाशित मिति :  14 December, 2019 7:42 am


धनुषा, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारको एक घरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षकसहित ४ जना गम्भीर घाइते भएका छन्।

विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उहाँका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको प्रहरीको भनाई छ ।  इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुगेर बम भए नभएको जाँच गर्ने क्रममा  विस्फोट भएको थियो।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो,  मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। अनुसन्धान तीव्र पारिएकाे धनुषा प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३-४ सय मिटरको दूरीमा पर्छ। बिष्फोट कसले गरायो भन्ने बारेमा खुल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !