३ महिना पछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा
प्रकाशित मिति : 20 January, 2021 1:10 pm

एजेन्सी, ७ माघ ।
लामाे समयदेखि सार्वजनिक रूपमा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा झन्डै ३ महिना पछि एउटा भिडियाे कन्फरेन्समा देखिएकाे चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भए पछि अक्टाेबर पछि पहिलाे पटक सार्वजनिक भएका छन् ।
गत अक्टाेबरमा ज्याक माले चीनकाे वितिय नियामक बारेमा आलाेचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यस पश्चात उनले स्थापना गरेकाे एन्ट कम्पनिकाे आइपीओ नियामक कम्पनिले अन्तिम समयमा राेकिदिएकाे थियाे । त्यसपछि ज्याक मा सार्वजनिक भएका थिएनन् ।
लामाे समयसम्म पनि सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारलेनै उनलाइ बेपत्ता पारेकाे हुन सक्ने आशंका गरेका समाचारहरु प्रकाशित गरिएकाे थियाे ।
चिनियाँ सञ्चारमाध्यमका ज्याक माले एक कार्यक्रममा भर्चुअल सम्बाेधन गरेका थिए।