२ माघ २०८१, बुधबार

भारतद्वारा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध, भोली काठमाडौं आइपुग्ने

प्रकाशित मिति :  20 January, 2021 2:19 pm


काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय दूतावासको संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री ह्रदयश त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज उपलब्ध गराएको जानकारी गराएका हुन् ।

भारतले उपलब्ध गराएको खोप भोली नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा उपलब्ध हुने खोप कोरोना विरुद्धको लडाइँमा अग्र भागमा रहेको स्वास्थ्यकर्मी चिकित्सिक, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायतलाई प्रयोग गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !