२७ पुस २०८१, शनिबार

नेपाल डेरी एसोसिएशनले २२औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनायो

प्रकाशित मिति :  20 January, 2021 6:05 pm


काठमाडौं । नेपाल डेरी एसोसिएसनको २२औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । देशका विभिन्न जिल्लामा कार्यक्रम गरेको एसोसियशनको केन्द्रीय समितिले ललितपुरको महालक्ष्मीस्थानमा कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।

“सहजतामा मात्र होइन अफ्ठ्यारोमा पनि साथ, निजी डेरीहरु सदैव आफ्ना उपभोक्ताको माझ“ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

प्रदेश न. १ मा केन्द्रीय उपाध्यक्ष राजन चिमरिया, सदस्य डम्मर कुमारि गौतम, प्रदेश संयोजक हेमचन्द्र खनालका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको केक काटेर हाल दुग्ध व्यवसायमा भइरहेको समस्याका उपायहरुको बिषयमा छलफल गरेर मनाइएको छ भने प्रदेश २ मा  एसोसिएशनका केन्द्रीय सचिव बिजय प्रसाद चौरसिया, प्रदेश संयोजक राघौ सिंका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा कोअप्रेटिभ इङ्लिश बोर्डिङ स्कुल गौरका विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरेर मनाइएको छ ।

त्यस्तै नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश्मा केन्द्रीय उपाध्यक्ष द्वय रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाई, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, सदस्य रामचन्द्र बराल, प्रदेश संयोजक शिवहरि आचार्यका साथै डेरी उद्योगीहरुको सहभागितामा मानव सेवा आश्रम पोखरामा दुध तथा दुग्ध पदार्थ वितरण गरेर स्थापना दिवस मनाईएको महासचिव दाहालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल प्रदेश संयोजक कृष्ण भट्टराईका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा दुग्ध उद्योगी व्यवसायी भेला भई दुग्ध क्षेत्रमा भएका समस्याको विषयमा छलफल सहित चियापन समारोह मनाइएको छ ।

कर्णाली प्रदेशमा प्रदेश संयोजक प्रेम बहादुर डि.सिका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको अवसरमा जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक र बागचौर पोलिक्लिनिक बागचौर न. पा. २ सल्यानमा रहेका १२ जना बिरामिहरूलाई निशुल्क दूध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

सदूरपश्चिम प्रदेशमा केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर हमाल, सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त, प्रदेश संयोजक भुपेन्द्र थापाको संयोजकत्वमा डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा दृष्टि फाउन्डेसन नेपाल, धनगढिमा दुध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

त्यस्तै तुलसीपुर दाङमा केन्द्रीयसह सचिव रेशम बहादुर खड्काको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको केक काटेर मनाएको र पाल्पा जिल्लामा केन्द्रीय सदस्य टिकाराम खरालको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको उपलक्ष्यमा हाल कृषिमा वैदेशीक लगानी आउँदा विषेश गरि दुग्ध क्षेत्रमा पर्ने समस्याको बारेमा अत्रक्रिया गरि मनाएको महासचिव दाहालले बताएका छन्



प्रतिक्रिया दिनुहोस !