४ आश्विन २०८१, शुक्रबार

काठमाडौंमा प्रचण्ड-नेपाल समूहको ‘शक्ति प्रर्दशन’, ९ ठाउँबाट जुलुस निस्कदै

प्रकाशित मिति :  22 January, 2021 9:37 am


काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा प्रतिनिधि सभा विघटन विरुद्ध प्रर्दश गर्दैछ ।

प्रर्दशनलाई उक्त समूहले शक्ति प्रर्दशन गरेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ र प्रचण्ड नेपाल समूह सडकमा छ । उक्त समूले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भन्दै संसद पुर्नस्थापनाको माग गर्दै आएको छ ।

ओली समूह देशभर संगठन निर्माणमा लागेका छ भने प्रचण्ड नेपाल समूह कार्यकर्ता भेला तथा संगठन निर्माण र विरोध प्रर्दशनमा लागेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दा सर्वोच्च अदालतमा निरन्तर सुनुवाई भइरहेको छ । पार्टीको आधिकारिकताबारेको निर्णय निर्वाचन अयोगमा विचाराधिन छ ।

दुबै समूहले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् ।

प्रर्दशनका लागि देशैभरबाट नेता कार्यकर्ता काठमाण्डौं ल्याइएको छ । सभामा परिणत हुनअघि प्रचण्ड-नेपाल समूहले जुलुसका लागि काठमाडौं र ललितपुरका नौं स्थान तोकेको छ ।

तोकिएका क्षेत्रबाट बिहान ११ बजेपछि जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

कहाँ कसको नेतृत्व ?

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने प्रचण्ड नेपाल समूहको योजना छ ।

माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् भने डिल्लीबजार चारखालको जुलुसको नेतृत्व  वेदुराम भुसालले गर्ने उल्लेख छ ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्ने केन्द्रीय संघर्ष समितिको पर्चामा उल्लेख छ ।

त्यस्तै देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु त्रिपुरेश्वरबाट निस्कने जुलसमा रहने छन् ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् भने वाल्मिकी क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।



प्रतिक्रिया दिनुहोस !