४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूले रोल्पाको घर्तीगाउँमा जनसभा गर्दै

प्रकाशित मिति :  22 January, 2021 10:11 am


रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूले रोल्पाको घर्तीगाउँमा आज जनसभा गर्दैछ ।

हिजो पूर्वी रोल्पाको सुलिचौरमा जनसभा गरेको प्रचण्ड नेपाल समूहले आज पश्चिमी रोल्पाको घर्तीगाउँमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमलाई नेता वर्षमान पुन,ओनसरी घर्ती लगायतले सम्बोधन गर्नेछन् ।

सुलिचौरको कार्यक्रमलाई पूर्वसभामुख महराले समेत सम्बोधन गरेपनि उनी काठमाडौंको कार्यक्रमका लागि हिजै फर्किसकेका छन् । यसअघि लिवाङमा जनसभा गरेको प्रचण्ड-नेपाल समूहको रोल्पामा यो तेस्रो जनसभा हो ।

तत्कालिन माओवादीको आधारक्षेत्र मानिने रोल्पामा पूर्वमाओवादीका केन्द्रीय नेताहरु ढिक्का देखिएका छन् । रोल्पामा ओली समूहलेपनि स्थानीय तहहरुमा कार्यक्रम गरिरहेका छ भने जिल्ला बैठक बसेर २ महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !