४ आश्विन २०८१, शुक्रबार

ओलीको शक्ति भनेको अब साइबर सेना नामका ‘साइबर स्याल’ र सेटिङमात्रै हो:नेता भुसाल

प्रकाशित मिति :  22 January, 2021 3:01 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब प्रधानमन्त्री केपी ओली शक्तिसँग शक्ति नभएको दाबी गरेका छन् ।

काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीको सबैभन्दा बलियो शक्ति संसद भएपनि विघटन गरिसकेकाले अब ओलीसँग कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरेका हुन् ।

उनले शक्तिको नाममा ओलीको अब साइबर सेनाको नामका साइबर स्याल र सेटिङमात्रै बाकी रहेको टिप्पणी गरे । भुसालले राष्टपतिजस्तो संस्थालाई पनि विगारी सकेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले गरेको बाचाहरु क्रमशः पुरा नभएपछि तिरस्कृति हुँदै अल्पमतमा परेको भुसालको उल्लेख गरे । आफ्नो असफलता लुकाउन ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता भुसालको आरोप थियो । आफूले दुई तिहाई पाउने सुनिश्चित नहुँदासम्म ओलीले चुनाव नगराउने उनको ठोकुवा छ ।

या त गणतन्त्र, वामपन्थ, संविधान वा ओलीको पक्षमा उभिने ? मुलुकको सामु चुनौती देखिएको उल्लेख गरे । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा नटेउँदासम्म आफूले विश्राम नलिने प्रतिबद्धता समेत भुसालले गरे ।

 

 



प्रतिक्रिया दिनुहोस !