४ आश्विन २०८१, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

प्रकाशित मिति :  22 January, 2021 3:14 pm


हेटौंडा ।

प्रचण्ड नेपाल समूहका सांसदहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ ।

आज दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रचण्ड नेपाल समूहका सांसद् अरुण नेपाललाई पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका हुन् ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्ने क्रममा सांसद नेपालले मुख्यमन्त्रीले सरकार गठन भएपछि तीन वर्षको अवधिमा प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको तथा कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको कारण बताउदै अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

संसद नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको तथा नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको बताए ।

संसद नेपालले अविश्वासको प्रस्ताव सदनमा पेस गरेपछि ‘अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्नेछ,’ भन्दै सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।

गत पुस १० गते नै नेकपा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरले हस्ताक्षर गर्दै मूख्यमन्त्री पौडेलविरुद्द अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !