४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहको जुलुसले जाममा परेपछि कृषि मन्त्री अर्यालको पैदल यात्रा (फोटो फिचर)

प्रकाशित मिति :  22 January, 2021 3:44 pm


काठमाडौं । प्रचण्ड-नेपाल समूहले बिहान ११ बजेतिरै जुलुस निकाल्न तोकिएका चोक चोकमा कार्यकर्ताहरु भेला हुन सुरु गरिसकेका थिए ।

जुलुस सुरु गर्नका लागि एउटा केन्द्र तोकिएको थियो ललितपुर कुपण्डोल क्षेत्र । ललितपुर क्षेत्रका कार्यकर्ताहरु कुपण्डोलमा भेला हुँदा नहुँदै आसपासमा रौतहटको जुलुस प्रदेश २ को जुलुसमा मिसिन माइतीघर मण्डलातिर अगाडी बढेपछि ट्राफिक जाम सुरु भइसकेको थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री  पद्मा अर्यालको कहिलेकाही यस्तो जामको बेला गाडिबाट ओर्लेर हिड्ने बानी छ ।

मन्त्री निवासबाट सिंहदरबार आउँदै गर्दा जाम परेपछि उनी झरेर हिँड्न सुरु गरिन् । मन्त्री आर्यालकी प्रेस संयोजक देविका घर्तीमगरले भनिन्, “कहिलेकाहीँ जाममा परेपछि मन्त्री ज्यू ओर्लेर हिँड्नुहुन्छ ।”

थापाथली इन्जिनियरिङ क्याम्पस अगाडि उनको गाडी थियो । मन्त्री अर्याल केहीबेरको पैदल यात्रापछि त्यहीँबाट गाडी चढिन् र मन्त्रालय तर्फ लागिन् ।

 



प्रतिक्रिया दिनुहोस !