४ आश्विन २०८१, शुक्रबार

दिक्दारी प्रस्तुत गर्दै प्रचण्डले भने,‘केपी ओली भन्ने कस्ता जातका मान्छे फेला परे भने !’

प्रकाशित मिति :  22 January, 2021 5:13 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई सिध्याउन लागिपरेको दाबी गरेका छन् ।

काठमाडौंमा भएको जनसभालाई सम्बोधन गर्दैअध्यक्ष प्रचण्डले ओली राजावादी र दक्षिणपन्थीसँग मिलर  आफूलाई सिध्याउन खोजेको आरोप लगाएका हुन् । आफ्नो अभिव्यक्तिलाई ओलीले निरन्तर बंग्याउने गरेको भन्दै प्रचण्डले दिक्दारी प्रस्तुत गरे ।

उनले भने,”केपी ओली भन्ने कस्ता जातका मान्छे फेला परे भने उनलाई एक नम्बरको अपराधी प्रचण्डै हो भन्नेजस्तो लाग्या छ र उनको मिसन एक मात्रै मिसन अहिले के भएको छ भने राजावादीसँग मिलेर होस्,राजावादीसँग मिलेर होस्,जोसँग मिलेर होस प्रचण्ड सिध्याउने अनि माधवजी सँग मेरो फाटो पार्ने अनेक षडयन्त्रहरु भइरहेका छन् ।”

उनले माधव नेपालसँग फाटो ल्याउने प्रयास भइरहेको भन्दै त्यो सम्भव नभएको दाबी गरे । प्रर्दशनमा सहभागि हुने कर्मचारीहरुलाई ओलीका मान्छेले धम्काएको दाबी गरे ।

उनले भने,”यो प्रर्दशनका सन्दर्भमा कर्मचारीहरु पेशाकर्मीहरु सहभागि हुनेहरुलाई रेकर्ड राख्नेरे केपी ओलीका साइबर स्यालहरुले अनि कारबाहरु गर्ने  भनेर धम्की दिएको मैले सुने । एउटा छोएर देखाउँ  र कर्मचारी साथीहरु नडराउन्स तपाईंहरुलाई छिसिक्क रौं मात्रै हल्लियो भनेपनि हामी संरक्षण गर्छो ।”

प्रचण्डले अब छिट्टै जनताको सरकार बन्ने प्रचण्डको दाबी थियो ।  उनले भने,जनताको सरकार छिटै पाउनेवाला छ ।

प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना पनि गरेका छन् । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको र त्यसमा आफूहरुको कमजोरी रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !