२३ भाद्र २०८१, आइतबार

कृषि क्षेत्रमा विदेशी लगानीको विरोधमा महासंघले बुझायो ज्ञापनपत्र

प्रकाशित मिति :  22 January, 2021 6:35 pm


काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ नेपालले कृषि क्षेत्रमा विदेशी लगानीको विरोधमा वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश समितिले प्रदेश मन्त्रालय र केन्द्रले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई महासंघ गठित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत उद्योग ज्ञापनपत्र बुझाएको महासंघले जनाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्री परिषदले ७५ प्रतिशत निर्यात गर्ने सर्त राखी कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरि नेपाली भूमिहिन, सिमान्त कृषि श्रमिक, महिला र साना किसानहरुलाई विर्सेर केही ठूला लगानी कर्ताहरुको पहलमा कृषिमा विदेशी लगानी ल्याउने निर्णय गरेको महासंघको ठहर छ ।

महासंघले साना किसानको अधिकार सुनिश्चिता एवं नेपालि कृषि संस्कृति बचाउ अभियानमा सहभागी हुने महासंघका सबै संरचना एवं आम किसानप्रति आभार व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !