५ आश्विन २०८१, शनिबार

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  23 January, 2021 9:54 am


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) को कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ । रासस



प्रतिक्रिया दिनुहोस !