२२ आश्विन २०८१, मंगलबार

काभ्रेका दुई ठाउँमा बम विष्फोट, एक ठाउँमा सेनाद्धारा निष्कृय

प्रकाशित मिति :  23 January, 2021 10:46 am


काभ्रे । काभ्रेको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ।

गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो। आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द घोषणा गरेकाले बम पनि उक्त पार्टीले नै विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै आज बिहान बनेपा-६ बुडोलस्थित सडक छेउमा देखिएको शंकास्पद नेपाली सेनाले डिस्पोज गरेको छ । यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको र बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्‌।



प्रतिक्रिया दिनुहोस !