४ आश्विन २०८१, शुक्रबार

मकवानपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा एउटा गाडीमा आगजनी

प्रकाशित मिति :  23 January, 2021 11:19 am


मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरमा एउटा गाडीमा आगजनी गरेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाँउपालिका वडा नम्बर ४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

बिहान बजेतिर १० जनाको समुहमा आएका मानिसले चालकलाई झारेर आगो लगाएको प्रहरीले जनाएको छ।आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको र आगजनी गर्नेको खोजि कार्य भइरहेको एसपी राठोरले वताए ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा संकास्पद वस्तु भेटिएको छ ।यसैगरी हेटौँडा–५ सिंचाई टोल नजिक झोलामा संकास्पद वस्तु भेटिएको छ। जेब्रा झोलामा बुजिलीको तार सहितको संकास्पद वस्तु फेला परेको हो ।



प्रतिक्रिया दिनुहोस !