४ आश्विन २०८१, शुक्रबार

पूर्व लडाकूहरूलाई प्रधानमन्त्री ओलीले भने,‘अब विगतको नेतृत्व जस्तो धोका पाउनुहुने छैन’

प्रकाशित मिति :  23 January, 2021 7:40 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने,“पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।”



प्रतिक्रिया दिनुहोस !