४ आश्विन २०८१, शुक्रबार

विप्लवको चेतावनी : दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ

प्रकाशित मिति :  23 January, 2021 8:57 pm


फाइल फोटो

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारी दमनले क्रान्ति नरोकिने बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने दाबी गरेका छन् ।

आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ,”दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।”

गत पुस २९ गते उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको थियो ।

महासचिव विप्लवले नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समेत विज्ञप्तिमा दाबी गरेका छन् ।

वर्तमान सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको भन्दै विप्लवले भनेका छन,“ राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । ”

नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पु¥याएको भन्दै राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति उनले धन्यवादी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !