३ माघ २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी

प्रकाशित मिति :  24 January, 2021 9:30 am


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडा,काठमाडौंमा बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन जारी राखेको छ । यसअघिको बैठकले ओलीलाई स्पष्टिकरण सोधनेको थियो । तर ओलीले स्पष्टिकरण बुझाएका छैनन् ।

स्पष्टिकरण नआएको भन्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने विषयमा बैठकमा छलफल गर्ने तयारी छ । अहिले दुबै समूहले आफूलाई आधिकारिकत दाबी गर्दै एकले अर्कोलाई पदबाट हटाउँदै आएका छन् । नेकपाको एउटा समूहको नतृत्व ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गर्दै आएका छन् ।

प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरेको घोषणा गरेको थियो । बैठकमा आन्दोलनको समिक्षा र थप रणनीतिबारे छलफल गर्नेपनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !