३ माघ २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूह अरुको इशारामा काम गर्ने जनविरोधी र देश विरोधी भएको प्रधानमन्त्री ओलीको टिप्पणी

प्रकाशित मिति :  24 January, 2021 3:21 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई अरुको इशारामा काम गर्ने जनविरोधी र देश विरोधी भएको टिप्पणी गरेका छन् ।

अपांगता भएका व्यक्तिहरुसँग काठमाडौंमा आज भएको सात्क्षातकारमा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भन्दै कराउनेहरु लोकतन्त्र विरोधी, जनविरोधी र जनताको शासन मास्न खोज्नेहरु भएको टिप्पणी गरेका हुन् ।

उनले भने,”संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर केही कराईरहेका छन् । ति कराउने मान्छेहरु संविधान विरोधी, ति कराउने मानिसहरु लोकतन्त्र विरोधी ,ति कराउने मान्छेहरु देश विरोधी, ति कराउने मान्छेहरु जनविरोधी मान्छेहरु हुन् । देशमा अस्तव्यवस्थता खडा गर्ने देशमा, स्थिरिता हुन नदिने,स्थायीत्व हुन नदिने र बहुमतको सरकार तोडेर अनि जोरजाम सरकार बनाएर स्थिरताका नाटक गर्ने ? ”

आफ्नो कदमको विरोध गर्नेहरु संसदमा पाँचै बर्ष जागिर खान पाउनुपर्छभन्नेहरु भएको आरोप लगाए । उनले भने, “संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ चुनिएर आएपछि भन्ने, सांसद भन्ने जागिर हो ? सांसद भनेको जागिर हहोईन । उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ । यो स्थायी जागिर हो ?”

जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने ठाउँमा देशको सेवा नगरेर अरुद्धारा निर्देशित, अरुको इशारामा काम गर्ने भएपछि स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकेल्न खोज्न खोजेपछि स्थिरताको लागि जनतामा ताजा जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले अहिलेसम्म राम्रो वा नराम्रो काम कसले गरेको छ त्यसबारे जनताले फैसला गर्नुपर्नेमा जोड दिए । आफूलाई तानशाह भनेकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, “मैले मेरो हामतमा शासन नियन्त्रणमा लिएको छु र जनताकोबीचमा जाने भनेपछि केको तानशाह ? सबै कुरा जनताले फैसला गर्छन् ।”



प्रतिक्रिया दिनुहोस !