४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने : मैले दुईवटा किड्नी फेरेको छु,सायद यो पनि विश्व रेकर्ड नै होला !

प्रकाशित मिति :  24 January, 2021 3:35 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुईवटा किड्नी फेरिसकेको भन्दै विश्वमा यो विश्व रेकर्ड नै हुन सक्ने बताएका छन् ।

आपाङगता भएका व्यक्तिहरुसँग काठमाडौंमा अन्तरकृया गर्दै प्रधानमन्त्री ओलीले भने,”मैले दुईवटा किड्नी फेरेको छु । सायद यो पनि विश्व रेकर्ड नै होला । दुईटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन होला !”

उनले यसैमा राजनीतिक प्रसंग जोड्दै भने, “दुईवटा किड्नी फेरेपनि मैले गाली पनि गरेको छैन केहीपनि भनेको छैन । लाठी लगेर लखेटको पनि होईन । तर दुईवटा किड्नी फेरेपनि देश विगार्न खोज्ने तत्वहरु जनताका अहित गर्न खोज्ने तत्वहरु, लोकतन्त्रविरोधी तत्वहरु, जनताका विरोधीहरु, जनताको शासन मास्न खोज्ने तत्वहरु भागि भागि हिँड्याछन् डरले ।”

उनले अपांगता भएका व्यक्तिमा पनि क्षमता हुँने भन्दै उच्च मनोबल बनाएर अगाडि बढ्न आग्रह गरे । उनले अपांगता भएका व्यक्तिलाई सरकारको सधै साथ रहने समेत विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस !