५ आश्विन २०८१, शनिबार
विश्व रेकर्ड

पाकिस्तानको माउन्ट केटू हिमाल सफल आरोहण गरेका नेपाली आरोहीहरू काठमाडौं आइपुगे

प्रकाशित मिति :  26 January, 2021 9:23 am


काठमाडौं । हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरूको काठमाडौंमा स्वागत गरिएको   छ ।

आज बिहान काठमाडौं आइपुगेका आरोही टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । नेपालका १० जना पर्वतारोहीले माघ ३ गते पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटूको सपल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले ८,६११ मिटर अग्लो माउन्ट केटूको सफल आरोहण गरेका थिए ।

फोटो : कुलबहादुर गुरुङको फेसबुकबाट

टोलीमा रहेका निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए । पाकिस्तानमा पनि उनीहरुको भव्य स्वागत भएको थियो । नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको शिशिर ऋतुमा आरोहण भइसकेको थियो । तर संसारको दोस्रो अग्लो चुचुरो पाकिस्तानको माउन्ट केटूमा आरोहीहरू विभिन्न प्रयासका बाबजुद यो सिजनमा आरोहण गर्न सकेका थिएनन् ।

८,६११ मिटर अग्लो यो हिमालको गत शनिबार पहिलो पटक दश जना नेपाली आरोहीले सफलतापूर्वक आरोण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।


              >पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)


सेभेन समिट ट्रेक्स प्रा.लि., इम्याजिन नेपाल र कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको तीन वटा छुट्टा छुट्टै समूहले संयुक्त टोली बनाई आरोहण गरेका हुन् ।

आरोहणका लागि पाकिस्तान पुगेको एक महिना भन्दा कम समयमै ५६ जना आरोहीमध्ये दश जनाले शनिबार बेलुकी ४ बजेर ५८ मिनेटमा केटुको शिखरमा पुग्न सफल भएका थिए ।


           >विश्व रेकर्ड कायम गरेका नेपालका १० जना आरोहीलाई पाकिस्तानमा भव्य स्वागत


चुचुरोमा पुग्नुभन्दा दश मिटर तल एकसाथ जम्मा भएका आरोहीहरूले नेपाली राष्ट्रिय गीत बजाउदै शिखरमा पुगेका थिए । शिखरमा पुगेर सामूहिक रुपमा आरोहण गरेको सन्देश दिएका थिए ।

शिखरमा पुगेका उनीहरुले राष्ट्रिय झण्डा फहराएका थिए ।



प्रतिक्रिया दिनुहोस !