४ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  26 January, 2021 12:08 pm


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँ वृद्धि भएको छ । छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ८ सय पुगेको छ । छापावाल सुन हिजो ९२,४०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ४ सयले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१,९०० रुपैयाँ मा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२,३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १,२६० मा सोमबार कारोबार भएको चाँदी आज भने १,२५५ मूल्य निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस !