८ मंसिर २०८१, शनिबार

बुद्धभूमी नेपाल हाइड्रोले आईपीओ निष्काशन गर्न बोलायो साधारण सभा

प्रकाशित मिति :  26 January, 2021 12:50 pm


काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ ।

यहि माघ ९ गते बसेको संचालक समितिको बैंठकले फागुन ९ गते शुक्रबार कम्पनीको रजिष्टर कार्यालय, महाराजगन्ज काठमाडौंमा दिउँसो ३ बजे साधारण सभा बस्ने निर्णय गरेको हो ।

संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत विषयमा छलफल गरि सभाले पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !