५ आश्विन २०८१, शनिबार

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

प्रकाशित मिति :  26 January, 2021 12:53 pm


चितवन । चितवनको रत्ननगर नगरपालिका १० मा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सनराइज विद्यालयको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २४ वर्षका अनिल मगर र मोटरसाइकलको पछाडि बसेका सुनसरीका गौरव राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा बिहान ९ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !