४ आश्विन २०८१, शुक्रबार
भारतमा किसान आन्दोलन

गणतन्त्र दिवसलाई ओझेल पार्नेगरि लालकिल्ला घेर्न पुगे किसान,दिल्ली आसपास क्षेत्र रणभूमिमा परिणत

प्रकाशित मिति :  26 January, 2021 2:19 pm


काठमाडौं । भारतमा कृषि कानूनको विरोधमा दुईमहिनादेखि प्रर्दशन गरिरहेका किसान र प्रहरीबीच झडप भएको छ ।

भारतले गणतन्त्र दिवस मनाईरहेका बेला कृषि कानूनको विरोध गरिरहेका किसानले दिल्लीको सीमा क्षेत्रमा ट्याक्टर  र्‍याली निकालेपछि झडप भएको हो । प्रर्दशनका क्रममा ठाँउ ठाँउमा झडप भएको छ ।

किसानले गाजीपुर सीमाको अवरोध तोडेका थिए भने अक्षरधाम नोएडा मोड, नोएडा-चिल्ला बोर्डरमा झडप भएको छ भने किसानहरुले केही ठाउँमा गाडीमा तोडफोड गरेका भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

किसानहरु लालकिल्लाको आसपास पुगेपछि ७२ औं गणतन्त्र दिवसको कार्यक्रम समेत ओझेलमा परेको छ ।

टिकरी सीमामा पनि प्रहरीको अवरोध किसानले हटाएका छन् । किसानहरुले प्रहरीको अवरोध तोडेर गणतन्त्र दिवस मनाइएको स्थान लालकिल्लामा जाने  प्रयास गरेका थिए । सिन्धु सीमामा रहेका किसानको र्याली आउटर रिङ रोड पुगेको छ ।

प्रहरीले आउटर रिङरोडमा जुलुस निकाल्ने अनुमति दिएको थिएन तर किसानले प्रहरीको अवरोध हटाउँदै उनीहरु उक्त स्थानमा पुगेका थिए । केहि किसान भने

लालकिल्लाको आसपास पुगेर प्रर्दशन गरेका छन् । यसअघि आन्दोलित किसानलाई प्रहरीले दिल्लीको सीमानामा रोकिराखेको थियो । तर, गणतन्त्र दिवसकै दिन पारेर किसानहरुले ट्याक्टर र्‍यालीसहित दिल्ली भित्र छिरेका हुन् ।

केन्द्र सरकारले गत सेप्टेम्बरमा कृषि सम्बन्धि कानून ल्याएपछि निरन्तर विरोधमा छन् । नयाँ कानूनले कृषि क्षेत्र कर्पोरेट संस्थाको हातमा जाने उनीहरुको तर्क छ ।

तस्बिर: आजतक

 



प्रतिक्रिया दिनुहोस !