३ माघ २०८१, बिहिबार

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता

प्रकाशित मिति :  26 January, 2021 3:06 pm


काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले  प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनीहरुले मुद्दा हालेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको बहस गरिरहेका वकिलप्रति टिप्पणी गर्दै “एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ?” भनेका थिए भने वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन भन्दै टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल बार एशोसियशनका ४ जना पूर्व अध्यक्षहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध आपत्ति समेत गरेका थिए ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि यसको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन् । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !