३ आश्विन २०८१, बिहिबार

जमैकाकी टोनी एन्नालाई ‘मिस वर्ल्ड-२०१९’ को उपाधि

प्रकाशित मिति :  15 December, 2019 10:49 am


काठमाडौं, २९ मंसिर । जमैकाकी सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड-२०१९’ को उपाधि जितेकी छन्।

बेलायतमा सम्पन्न सुन्दरी प्रतियोगिताको ६९औं संस्करणको उपाधि १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै जमैकाककी सुन्दरीले जितेकी हुन्।

‘मिस वर्ल्ड’ घोषित २३ वर्षीया सिंहलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो।

प्रतियोगितामा फ्रान्सकी सुन्दरी मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप र भारतकी सुन्दरी सेकेन्ड रनरअप बनेका छन्।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भइन्।



प्रतिक्रिया दिनुहोस !