५ आश्विन २०८१, शनिबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  26 January, 2021 4:14 pm


काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारीले जानकारी दिए ।

आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम १ लाख ५० हजार रुपैयाँसहित अधिकारी पक्राउ परेका थिए । विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात अन्तिम किस्ता निकासा गरिदिए वापत सेवाग्राहीसँग रकम लिएको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !