४ आश्विन २०८१, शुक्रबार

नेपाली कांग्रेसद्धारा ३ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  26 January, 2021 5:13 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन सञ्चालन गरिरहेका बेला नेपाली कांग्रेसले पनि तीन दिने आन्दोलनको घोषणा गरेको छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले थप तीन दिने आन्दोलनको घोषणा गरेको हो ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ १९ गते भातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको घोषणा गरेको प्र्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । यसपटक भने छोटो संघर्षको कार्यक्रम घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !