२२ आश्विन २०८१, मंगलबार

प्रचण्ड-नेपाल समूहको काठमाडौंमा सिठ्ठी जुलुस

प्रकाशित मिति :  26 January, 2021 6:13 pm


काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूले आज सिठ्ठी जुलुस प्रर्दशन गरेको छ ।

तेस्रो चरणको आन्दोलन घोषणा गरेको प्रचण्ड नेपाल समूहले आज सिठ्ठी जुलस प्रर्दशन गरेको हो । लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको थियो । सिठ््ठी जुलुस प्रचण्ड नेपाल समूहको तेस्रो चरण अन्तर्गतको पहिलो कार्यक्रम हो ।

भोलीदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभाका सदस्य, तत्कालिन संविधानसभाका सदस्य, विघटित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यले १४ गतेदेखि १९ गतेसम्म हरेक दिन धर्नामा बस्ने छन् ।



माघ १६ गते जुलुससहित लैनचौर पुगेर शहीदहरुलाई श्रद्धाञ्ली दिने कार्यक्रम तय गरिएको छ । उक्त समूहले माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा जनसभा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै माघ २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन हुने कार्यक्रम प्रचण्ड नेपाल समूहले तय गरेको    छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ ।

विभाजितपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार दाहाल नेतृत्वको समूहले सडक संघर्ष चलाएको छ । दोसो चरणको आन्दोलन अन्तर्गत काठमार्डौमा उक्त समूहले जनसभा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !