४ आश्विन २०८१, शुक्रबार

बामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै,ओली र प्रचण्डलाई पनि निम्तो

प्रकाशित मिति :  27 January, 2021 10:08 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि तटस्थ बसेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा घोषणा सभा गरेर अभियान सुरु गर्न लागेका हुन् । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । निम्तो दिइएपनि दुबै जना गौतमको कार्यक्रममा जाने सम्भावना भने कम छ ।


                थप समाचार…

                 > पार्टी एकताका लागि भन्दै बामदेव गौतमद्धारा संगठन बनाउन सुरु,केन्द्रमा घोषणा सभाको तयारी 

                 > पार्टी एकताका लागि छुट्टै संगठन बनाएर जाने बामदेव गौतमको घोषणा 

                 > नेकपा उपाध्यक्ष बामदेव गौतम अझै अलमलमा,प्रचण्डसँग डेढ घण्टा छलफल


गत पुस ५ गते संसद विघटन भएपछि विभाजित नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

दुबै पक्षले देशभर सांगठनिक तथा राजनीतिक कार्यक्रम तिब्र पारिरहेका बेला गौतमले छुट्टै अभियान सुरु गर्न लागेका हुन् । उनले जिल्लामा समेत संगठन बनाउन सुरु गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !