२३ भाद्र २०८१, आइतबार

कृषि मन्त्रालय मातहतका २ उपसचिव र ८ शाखा अधिकृत सम्पर्कविहीन,कारबाही गर्ने तयारी

प्रकाशित मिति :  27 January, 2021 1:23 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपसचिव र शाखिा अधिकृत गरेर एकैपटक १० अधिकृतलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर २ जना उपसचिव र ८ जना शाखा अधिकृतलाई स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयको अभिलेख अनुसार उनीहरु ९० दिनदेखि हाजिर नभएपछि स्पष्टिकरण सोधिएको थियो । पुस २ गते नै १५ दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएपछि उनीहरु अझै सम्पर्कमा नआएको मन्त्रालयले जनाएको ।

उनीहरु सम्पर्कमा नआएपछि मन्त्रालयले आज सूचना जारी गरेर ३० दिनभित्र लिखित स्पष्टिकरण दिन भनेको छ । मन्त्रालयको सूचनामा भनेको छ,“ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट किन नहटाउने ? हटाउन नपर्ने कुनै आधार र कारण भए निजामती ऐन २०४९ को दफा ६७ बमोजिम ३० दिनभित्र स्पष्टिकरण पेश गर्न हुन यो सू्रचना प्रकाशित गरिएको छ । अन्यथा कानून बमोजिम हुने छ । ”

सम्पर्कविहिन भएको अधिकांश भेटेरिनरीका रहेका छन् । मन्त्रालयका अनुसार २ जना उपसचिव र ७ जना शाखा अधिृकत छन् ।

मन्त्रालयको सम्पर्कमा नरहेकाहरुमा जिल्ला पशु सेवा कार्यालय डोल्पामा कार्यरत उपसचिव कमलराज आचार्य, पशु सेवा विभाग,हरिहरभवनमा कार्यरत उपसचिव शिवचन्द्र घिमिरे,पशु क्वारेन्टाईन चेकपोष्ट बर्दियामा कार्यरत शाखा अधिकृत तोयानाथ बराल, पशु क्वारेन्टाइन चेकपोष्ट,बेरौलीमा कार्यरत तुल्सिराम थापा, जिल्ला पशु सेवा कार्यालय काठमाडौंमा कार्यरत रिमा देवी श्रेष्ठलाई मन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

त्यस्तै जिल्ला पशु सेवा कार्यालय उदयपुरमा कार्यरत विनु श्रेष्ठ, कृषि विकास कार्यालय, मुस्ताङमा कार्यरत घ्या घ्याल्पो पुनेल, पशु क्वारेन्टाईन कार्यालय,नेपालगञ्जमा कार्यरत शाखा अधिकृत सुवासचन्द्र शिवाकोटी, कृषि तथा सहकारी मन्त्रालय,काठमाडौंमा कार्यरत शाखा अधिकृत अञ्जनकुमार चालिसे र जिल्ला पशु सेवा कार्यालय झापामा कार्यरत यादव शर्मा बजगाई पनि सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई अब हटाउने तयारीका साथ स्पष्टिकरण सोधिएको मन्त्रालयको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !