४ आश्विन २०८१, शुक्रबार

बामदेव गौतम नेतृत्वको अभियानमा ६ सय ५१ केन्द्रीय सदस्य,वटा तहसम्म संगठन बनाइने

प्रकाशित मिति :  27 January, 2021 2:15 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्षले घोषणा गरेको एकता राष्ट्रिय अभियानका लागि केन्द्रमा अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति हुने भएको छ ।

समितिमा अधिकतम ६ सय ५१ सदस्यीय हुने गौतमको अवधारणा पत्रमा उल्लेख छ । जसमा केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुन र दैनिकदिन कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने उल्लेख छ ।

अभियानको प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुने र त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने अवधारणामा उल्लेख छ । प्रदेश समन्वय समितिमा आवश्यक संख्याको एक सचिवालय रहने भनिएको छ ।

प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिने गौतमले उल्लेख गरेका छन्। जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ भने जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिने र पालिकाहरुमा निर्देशकका रुपमा खट्ने अवधारणा पत्रमा भनिएको छ ।

प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिने गौतमको योजना छ । पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ । पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्ने अवधारणा पत्रमा उल्लेख छ ।

प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय तोकिएको छ । केन्द्रदेखि पालिका तहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिने र सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरु परिषद्का पदेन पदाधिकारी तथा सदस्य हुने उल्लेख गरिएको छ ।

अवधारणा पत्रमा भनिएको छ,“सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ । केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचार प्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिनेछ ।”



प्रतिक्रिया दिनुहोस !