४ आश्विन २०८१, शुक्रबार

तेलको अन्तर्राष्ट्रिय बजारमा साउदी अरबको नियन्त्रण गुम्दै

प्रकाशित मिति :  27 January, 2021 3:03 pm


काठमाडौ ।साउदी अरबले अन्तर्राष्ट्रिय तेल बजारमा आफ्नो नियन्त्रण गुमाउँदै गएको देखिएको छ ।

अन्तर्राष्ट्रिय हरित उर्जा रूपान्तरण अभियानले एकततर्फ साउदी अरबलाई आफ्नो घाटा पूरा गर्न समस्या उत्पन्न भइरहेको छ भने अर्को तर्फ तेल बजारका खेलाडीहरूको दबाब पनि बढ्दै गएको छ ।

यो महिनाको शुरूमा साउदी अरबले तेलको बजार उच्च राख्नका लागि १० लाख ब्यारल प्रतिदिन तेल उत्पादन कटौती गर्ने निर्णय ग¥यो । तर इरानले आफ्नो उत्पादन बढाउन शुरू गर्‍यो ।

अन्तर्राष्ट्रिय ऊर्जा नियोगका अनुसार तेलको माग अझ निराशाजनक अवस्था रहेको बेला साउदी अरबको उत्पादन कटौतीको प्रस्ताव सही थियो ।न्यून उत्पादन भनेको न्यून निर्यात न्यून निर्यात भनेको न्यून आम्दानी हो ।

नोभेम्बरको आँकडा अनुसार साउदी अरबको निर्यात २५ प्रतिशतले तल झरेको देखियो ।तर नोभेम्बर यता केही सुधार पनि देखिएको छ । तर अपेक्षा गरिए अनुसा साउदी अरबलाई तेल बजारबाट फाइदा भएको देखिएको छैन ।

साउदी अरब र ओपेकको उत्पादन कटौतीको विषयले अमेकिाको शेल उत्पादकहरूलाई तिनका उत्पादन बलियो पार्न सहयोग पुग्न सक्ने चर्चा चल्दै आएको छ । अहिले अमेकिी शेल उत्खननकर्ताहरूले महामारी पूर्वको अवस्थामा उत्पादन पु¥याउन शंका गरिरहेका छन ।तेलको मूल्य उच्च रहेपनि यो उच्चता कहिलेसम्म हो कसैलाई थाहा छैन ।

ठीक यही बेला विश्वको सबै भन्दा ठूलो तेल आयातकर्ताहरू मध्येका एकले ओपेकले लिएको बाटो प्रति चिन्ता व्यक्त गरिहेको छ ।
भतले तेलको मूल्य बढोस भन्ने चाहिरहेको छैन । भारतमा खपत हुने तेलको ८० प्रतिशत आयात भएर आउने गरेको छ । ती मध्ये धेरै जसो इराकबाट आउँछ । तर साउदी अरब कच्चा तेलको आपूर्तिकताहरू मध्ये साउदी अरब दोस्रा ठूलो आपूर्तिकर्ता हो ।

तर यसलाई इरानले चुनौती थपि दिएको छ । आर्थिक विविधीकरणलाई साउदीका युवराज मोहम्मदले सन्२०३०को दृष्टिको रूपमा अगाडि बढाएका छन । भविष्यको स्मार्ट सिटी परियोजनाका लागि ५ खर्ब अमेरिकी डलर बराबरको छ । गत वर्ष साउदी अरबले शून्य सौर्य ऊर्जा परियोजना सञ्चालन ग¥यो ।

यही बेला साउदी अरबको सार्वभौम सम्पत्ति कोषले कमजोर अर्थतन्त्रलाई सहयोग गर्न ४० अर्ब अमेरिकी डलर बराबरको कोष वर्सेनी दिने योजना गरेको छ । फिनान्सियल टाइम्सको अनुसार यो सन् २०१९मा साढे १५ अर्ब अमेरिकी डलर बराबर लगानी जस्तो हुनेछ । साउदीका अधिकारीहरूले जनाए अनुसार साउदीका सबै परियोजनाहरूका लागि धन रहेको छ । तर विश्लेषकहरूले त्यसमा शंका गर्छन ।

फिनान्सियल टाइम्सका विज्ञहरूले जनाए अनुसार परियोजनाहरूका लागि भनिएको लगानीको आधा आएपनि ठूलो कुरो हुनेछ । भनाइ र गराइबीचको खाडल ठूलो छ ।

त्यसैले साउदी अरबको प्रमुख निर्यात उत्पादन अझ कमजोर रहेको छ । यदि हरित संक्रमणका प्रयासहरू सफल हुन्छन भने यो अवस्था लामो समयसम्म रहने छ । साउदी अरबको प्रतिस्पर्धा बढदैगइरहेको छ । आर्थिक विविधीकरणले भिजन २०३०लाई अझ बढी चुनौतीपूर्ण बनाइ दिइरहेको छ ।

तेल बजारका साउदी अरबका कट्टर प्रतिस्पर्धीहरूको प्रहार बढी हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !