१२ मंसिर २०८१, बुधबार

हराइरहेका चिनियाँ अर्बपतिलाई शेयर बजारमा कम्पनी खोल्न पाउने संकेत

प्रकाशित मिति :  27 January, 2021 3:06 pm


काठमाडौ । चीनको केन्द्रीय बैंकका गभर्नरले केही दिन अघिसम्म हराइरहेका चिनियाँ अर्बपति ज्याक मालाई शेयर बजारमा कम्पनी खोल्न अनुमति दिने संकेत गरेका छन ।

अलिबाबा इकमर्स कम्पनीका संस्थापक समेत रहेका ज्याक माले एन्ट समूहलाई शेयर बजारमा ल्याउन लागेको प्रयासलाई केन्द्रीय बैंकले सघाउने भएको हो ।

गत नोभेम्बरमा एन्ट समूहले शेयर सूचीकृत गर्ने काम मिलाएको थियो । नियामकहरूले सो सूचीकरण प्रक्रियालाई निलम्बन गरेका थिए । चीनको केन्द्रदीय बैंक पिपुल्स बैंक अफ चाइनाले अलिबाबालाई एक धक्का दिने आदेश गरेको थियो । केही दिनसम्म मा सार्वजनिक जीवनबाट हराइरहेको समाचारहरू सार्वजनिक भएका थिए ।

गत साता सार्वजनिकरूपमा मा देखा परेका थिए । बैंकका गभर्नर गाङ यीले एन्ट ग्रुपको शेयर बजारमा ल्याउन गरिने सूचीकरणबारे फेरि विचार गरिने जनाएका छन । त्यो सूचीकरण प्रक्रिया सही घेरामा रहेको गभर्नरले जनाएको बीबीसीले समाचारमा जनाएको छ ।

एन्ट समूहले ३४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको कम्पनीको शेयर बजारमा बिक्री गर्ने योजना बनाएको थियो । त्यो रोकिएको थियो । यो कम्पनीलाई संघाई र हङकङ शेयर बजारमा सूचीकृत गर्ने योजना बनाइएको थियो । यो सूचीकरणलाई अहिलेसम्मकै सबै भन्दा ठूलो कम्पनीको रूपमा मानिएको थियो ।

गभर्नरले भने “ तपाईँले स्तरीय वैधानिक निर्देशनको अनुशरण गर्नुस तपाईँले परिणाम पाउनु हुनेछ ।” विश्व आर्थिक मञ्चको भर्चुअल मिटिङमा यस्तो बताएका थिए ।

गभर्नर यीले एन्ट समूहको सूचीकरण रोक्ने निर्णय एक जटिल विषय भएको बताए । एन्ट ग्रुप चीनको सबै भन्दा ठूलो भुक्तानी उपलब्ध गराउने कम्पनी हो यसका मासिक डिजिटल उपयोगकर्ताहरूको संख्या ७३ करोड बढी रहेकोछ । यसका उपयोगकर्ताहरूले अलि पे उपयोग गर्छन ।



प्रतिक्रिया दिनुहोस !