१२ मंसिर २०८१, बुधबार

बेलायतमा सम्पर्कहीन भुक्तानी सीमा सय पाउन्डस्ट्रलिङ्गसम्म बढ्ने

प्रकाशित मिति :  27 January, 2021 6:04 pm


काठमाडौ । बेलायतमा सम्पर्कहीन प्रविधि भुक्तानीको सीमा सय पाउन्डस्ट्रलिङ्गसम्म बढ्न सक्ने देखिएको छ । टेक्नोलजि माध्यमबाट कुनै ठेकान बिना गरिने भुक्तानीलाई  सम्पर्कहीन प्रविधि भुक्तानी वा कन्टयाक्टलेस पेमेन्ट भनिन्छ । अहिले एक पटकमा गरिने यो भुक्तानी सीमा दोब्बर भन्दा बढी बढाउन लागिएको छ ।

कोरोनाभाइरस वैश्विक महामारीले कन्टयाक्टलेस भुक्तानीको माध्यमबाट हुने भुक्तानीको आकार ठूलो भएको देखिएको छ । कार्डको प्रयोगगरी वा स्मार्टफोनबाट यस्ता भुक्तानी हुने गरेको छ ।

एक वर्ष  भन्दा कम समयमा यो भुक्तानी सीमा ३० पाउन्डस्ट्रलिङ्गबाट बढे ४५ पाउन्डस्ट्रलिङ्गसम्म पुगेको थियो।

वित्तीय आचारण प्राधिकरण द फिनान्सियल कन्डक्ट अथरिटी(एफसीए)ले यसको कानुनमा छिट्टै परिवर्तन हुने भएको छ ।

एफसीएले यो भुक्तानीको नियमनले उपभोक्ता र व्यापारीका अपेक्षाको गतिलाई कायम गर्न महत्वपूर्ण हुने जनाएको छ ।

यसरी सम्पर्कहीन भुक्तानी सीमालाई सक्दो छिट्टो सय पाउन्डस्ट्रलिङ्गसम्म पु¥याउने विषयमा परामर्श व्यापक भइरहेको नियमनकारी निकायले जनाएको छ ।

कोभिड–१९ वैश्विक महामारी फैलिएपछि कामदार तथा उपभोक्ताको सुरक्षाको दृष्टिकोणले यो सीमा ४५पाउन्डस्ट्रलिङ्गसम्म पु¥याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !