२२ आश्विन २०८१, मंगलबार

प्रचण्ड-नेपाल समूहद्धारा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम सुरु

प्रकाशित मिति :  27 January, 2021 6:05 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

तेस्रो चरण अन्तर्गतको संघर्षका कार्यक्रम अन्तर्गत उक्त समूहले काठमाडौंको माइतीघर मण्डलामा हरेक दिन २ घण्टा धर्ना दिन सुरु गरेको हो ।

धर्नाको पहिलो दिन आज प्रचण्ड-नेपाल समूहका तत्कालिन संविधानसभा सदस्य, राष्टिय सभा सदस्य विघटित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरु धर्ना लिएका छन् ।

प्रचण्ड नेपाल समूहकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् ।

विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । आजदेखि शुरु भएको धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने भुसालले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !