४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहले बुटवलमा विरोध सभा गर्दै

प्रकाशित मिति :  28 January, 2021 9:41 am


रुपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-नेपाल समूहले आज बुटवलमा विरोध सभा आयोजना गर्दै छ ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले आज बुटवलमा विरोध सभा प्रर्दशन गर्न लागेको हो । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको छ ।

दिउँसो १ बजेपछि शुरु हुने विरोध सभालाई प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

सभाअघि बुटवलको गोलपार्क, जितगढी, पूराजमार्ग चौराहाबाट जुलुस निस्काल्ने तयारी छ । नेकपाले २० भन्दा बढी बढी कार्यकर्ताका सहभागिता हुने अनुमान गरेको छ ।

गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने तय गरिएको छ भने राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल ९बलदेव०, ओनसरी घर्ती र राजु गुरुङले गर्न जिम्मेवारी तोकिएको छ ।

जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ ।

प्रचण्ड नेपाल समूहले प्रतिनिधि सभा पुर्नस्थापना गर्नुपर्ने भन्दै सडक आन्दोलन जारी राखेको छ । काठमाडौंमा हिजोदेखि हरेक दिन २ घण्टा राष्टिय सभाका सदस्य,पूर्वसंसदहरुको धर्ना छ ।



प्रतिक्रिया दिनुहोस !