४ आश्विन २०८१, शुक्रबार

दाङको घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने संघीय सरकारको निर्णय

प्रकाशित मिति :  28 January, 2021 12:00 pm


काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापना हुने भएको छ ।

संघीय सरकारको यही माघ ११ गते बसेको मन्त्रिपषिद् बैठकले घोराही उपमहानगरपालिका वडा नं. ४ र ५ लाई समेटेर औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको छ । औद्योगिक क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गाविसलाई समेटेर ५४९ विघा क्षेत्रफलमा फैलने छ ।

जसमा पूर्वमा लमही घोराही सडक,पश्चिममा पाण्डेश्वर धार्मिक वन र उत्तरमा बबई नदी तथा दक्षिणमा वन क्षेत्रलाई चार किल्ला मानिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले स्वकीकृत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !