४ आश्विन २०८१, शुक्रबार

एन आई सी एशिया बैंकको दोस्रो त्रयमासिक वित्तीय नतिजा सार्वजनिक

प्रकाशित मिति :  28 January, 2021 12:25 pm


काठमाडौं ।

एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कोरोनाको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरतामा पनि बैंकले दोस्रो त्रयमासमा वार्षिक प्रति शेयर आम्दानी ३५.७३ गर्न सफल भएको बैंकले जानकारी दिएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गरी २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको दोस्रो त्रयमाससम्ममा कर्जातर्फ ५९.३१ अर्बले वृद्धि भई कुल कर्जा रकम २३३.०८ अर्ब पुगेको बैंकले जानकारी दिएको छ ।

बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २७६.२० अर्ब पुर्याएकाे छ । बैंकले कर्जा असुलीमा समेत निकै उत्साहजनक नतिजा हासिल गरेका बताएकाे छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैर वित्तीय सुचांकहरूमा अगाडी रहेका एन आई सी बैंक आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रयमासमा कर्जा, निक्षेप, प्रति शेयर आम्दानी, स्वँ–पूजीमा प्रतिफल, शाखा कार्यालय, एटिएम, का हिसाबले वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !